राजा राखेरै देशलाई समृद्ध बनाउन सकिन्छ : लिङ्देन
काठमाडौं, साउन १० : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजा राखेरै देशलाई समृद्ध बनाउन बनाउन सकिने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा...
काठमाडौं, साउन १० : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजा राखेरै देशलाई समृद्ध बनाउन बनाउन सकिने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा लिङ्देनले राजा चाहिन्छ भन्दा कोहि पछि डराउनु नपर्ने भन्दै राजा राखेरै देशलाई समृद्ध बनाउन सकिने बताएका हुन् । यसका लागि मुलुकको वर्तमान शासन व्यवस्था नै परिवर्तन गर्नुपर्ने उनको भनाई छ ।
उनले देशमा पूर्णसमानुपातिक संसद्, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका साथै अभिभावकिय भूमिकामा राजा रहनुपर्ने दोहोराए। देशको बोझको रुपमा रहेको प्रदेशको संरचना खारेज गर्ने, भ्रष्ट नेताहरुलाई छानविनको दायरामा ल्याएर कारवाही गर्नुपर्ने उनल बताए।
उनले स्वतन्त्रताको नाममा अभिभावक बिहीन ढंगले कुनै काम गरे दुर्घटनामात्र हुने तर्क गरे।
प्रकाशित मिति: १६:५३ बजे, मंगलबार, साउन १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











