Kathmandu Press

एमसीसी र एसपीपीको विरोधमा आन्दोलन घोषणा, यस्ता छन् आन्दोलनका कार्यक्रम 

काठमाडौं, साउन १० :  ऋषि कट्टेलको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी, आहुतिको नेतृत्वमा रहेको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी लगायतका साना कम्युनिष्ट पार्टीहरुले अमेरिकी...
एमसीसी र एसपीपीको विरोधमा आन्दोलन घोषणा, यस्ता छन् आन्दोलनका कार्यक्रम 

काठमाडौं, साउन १० :  ऋषि कट्टेलको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी, आहुतिको नेतृत्वमा रहेको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी लगायतका साना कम्युनिष्ट पार्टीहरुले अमेरिकी सहायता परियोजना (एमसीसी) र स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को बिरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।   

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले एमसीसी र एसपीपी नेपालको राष्ट्रियतामाथिको हस्तक्षेप भएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । विरोधका लागि साउन १३ गते देशव्यापी कोणसभा घोषणा, १५ मशाल जुलुस र २१ गते प्रदेश तथा काठमाडौंमा विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको रहेको नेपाल कम्युनिष्ट पाटीका अध्यक्ष ऋषि कट्टेलले बताए। 

उनले एसपीपीमा सहभागी नहुने पत्र नपठाएर वर्तमान गठबन्धनको सरकारले आत्मसमर्पण र राष्ट्रघात गरेको आरोप लगाए । मुलुकमा महङ्गी बढ्दा समेत कुनै चासो नदेखाएर सरकारले जनताप्रतिको संवेदनशिलता गुमाएको उनले बताए। 

पत्रकार सम्मेलनमा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव आहुतिले सरकार भ्रष्टचारमा डुवेका कारण अव सवै जनता मिलेर आन्दोलन गर्नुपर्ने बताए । उनले साना कम्युनिष्ट पार्टीबीच कार्यगत एकता गर्दै जनताको जनजिविकाका पक्षमा आवाज उठाउने प्रतिवद्धता व्यक्त गरे । 

उनीहरुले पहिलो चरणको आन्दोलन सकेपछि अर्को चरणको संघर्षका कार्यक्रम घोषणा गर्ने बताएका छन्। 

प्रकाशित मिति: १६:४६ बजे, मंगलबार, साउन १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्