Kathmandu Press

उकालो लाग्यो कोरोना ग्राफ, एकैदिन ६३८ संक्रमित थपिए

मन्त्रालयले जारी गरेको विवरण अनुसार २ हजार २१५ जनामा पीसीआर परीक्षण गर्दा ४ सय र २ हजार ८४० नमूनाको एन्टीजेन परीक्षण गर्दा २३८ नमुनामा कोरोना पोजेटिभ देखिएको हो। 
उकालो लाग्यो कोरोना ग्राफ, एकैदिन ६३८ संक्रमित थपिए

काठमाडौं, साउन १० : नेपालमा एकैदिन ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घन्टामा ५ हजार ५५ जनामा परीक्षण गर्दा ६३८ जनामा संक्रमण पुष्टि भएको हो। 

मन्त्रालयले जारी गरेको विवरण अनुसार २ हजार २१५ जनामा पीसीआर परीक्षण गर्दा ४ सय र २ हजार ८४० नमूनाको एन्टीजेन परीक्षण गर्दा २३८ नमुनामा कोरोना पोजेटिभ देखिएको हो। 

सोही अवधिमा  २१८ जना कोरोनामुक्त हुँदा  २ जनाको मृत्यु भएको पनि मन्त्रालयले जानकारी दिएको छ।

योसँगै नेपालभर कोरोनाको कुल संक्रमित संख्या पीसीआरतर्फ ९ लाख ८४ हजार  ४७५ पुगेको छ भने एन्टीजेनतर्फ  १ लाख ४१ हजार ८४५ पुगेको छ। 

त्यस्तै निको हुनेको संख्या ९ लाख ६८ हजार ८०२ पुग्दा ११ हजार ९५९ जनाको मृत्यु भइसकेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ७१४ रहेको मन्त्रालयले जानकारी दिएको छ। 

प्रकाशित मिति: १५:४४ बजे, मंगलबार, साउन १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्