Kathmandu Press

जति बाँच्छु, सामाजिक कार्यमा लाग्छु : वरिष्ठ नेता पौडेल

काठमाडौं, साउन १० : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाँचुन्जेल सामजिक कार्यमा लाग्ने बताएका छन्। व्यास नगरपालिका–१४ कुलुङ्गमा आज कार्यकर्तासँग भेटघाट गर्दै उनले...
जति बाँच्छु, सामाजिक कार्यमा लाग्छु : वरिष्ठ नेता पौडेल

काठमाडौं, साउन १० : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाँचुन्जेल सामजिक कार्यमा लाग्ने बताएका छन्। व्यास नगरपालिका–१४ कुलुङ्गमा आज कार्यकर्तासँग भेटघाट गर्दै उनले आगामी दिनमा काम गरेर देखाउने उल्लेख गरे। 

‘म जति दिन बाँच्छु, बाँचुन्जेल सामाजिक क्षेत्रमै काम गर्छु,’ नेता पौडेलले भने। व्यास नगरपालिका–१२ को छिर्कनबाट व्यास–१४ को कुलुड हुँदै केशवटार जोड्ने सडक निर्माण गर्न आफूले विशेष पहल गरेको उनले बताए । कुलुङ्ग, छाब्दी र बन्दीपुरलाई जोडेर पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा नेता पौडेलले जोड दिए। 

पर्यटकीय प्रवर्धनका लागि जिल्लाका ऐतिहासिक एवं धार्मिक क्षेत्रको संरक्षण र संवद्र्धनमा जोड दिन आवश्यक रहेको उनले बताए। विगतमा रोकिएका विकास निर्माणका कामलाई निरन्तरता दिइने नेता पौडेलले उल्लेख गरे।  

प्रकाशित मिति: १५:२१ बजे, मंगलबार, साउन १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्