Kathmandu Press

सांसदहरुलाई अनिवार्य मास्क लगाउन सभामुखको आग्रह 

काठमाडौं, साउन १० : सभामुख अग्नि सापकोटाले कोरोना संक्रमण पुनः बढ्दै गएकाले मास्क प्रयोग गर्न आग्रह गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख सापकोटाले कोभिड १९...
सांसदहरुलाई अनिवार्य मास्क लगाउन सभामुखको आग्रह 

काठमाडौं, साउन १० : सभामुख अग्नि सापकोटाले कोरोना संक्रमण पुनः बढ्दै गएकाले मास्क प्रयोग गर्न आग्रह गरेका छन्। 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख सापकोटाले कोभिड १९ को संक्रमण दर बढ्दै गइरहेको भन्दै संसदका बैठकमा उपस्थित हुँदा मास्क प्रयोग गर्न आग्रह गरेका हुन् । 

साथै उनले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ भने तीन हजार भन्दा बढि संक्रमित आइशोलेशनमा छन् । 

प्रकाशित मिति: १५:०१ बजे, मंगलबार, साउन १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्