Kathmandu Press

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडाैं, साउन १० : प्रतिनिधि सभाको बैठक आज संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्नेछ ।आजको बैठकमा मदन भण्डारी विज्ञान तथा...
प्रतिनिधिसभा बैठक बस्दै

काठमाडाैं, साउन १० : प्रतिनिधि सभाको बैठक आज संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्नेछ ।

आजको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक २०७९, माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पति भएको ‘तथ्याङ्क विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ भने आजैको बैठकमा राष्ट्रिय सभामा ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन (प्राधिकरण) विधेयक, २०७६ माथिको छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गरिने छ।

त्यस्तै, राष्ट्रिय सभामा ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन ९प्राधिकरण० विधेयक, २०७६ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुुत गर्ने कार्यसूची पनि छ।

यस्तै, शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहित राष्ट्रिय सभामा उत्पति भएको ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७८ माथि छलफल गरियोस्’ भनी प्रस्ताव पनि आजको प्रतिनिधि सभामा पेश हुनेछ।

प्रकाशित मिति: ११:२९ बजे, मंगलबार, साउन १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्