Kathmandu Press

कोहलपुरमा दम्पत्ती मृतावस्थामा भेटिए

बाँके, साउन १० : बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित पार्वतीपुरमा एक दम्पती आफ्नै घरमा मृतावस्थामा भेटिएका छन् ।मृतावस्थामा भेटिएका दम्पती २५ वर्षीय कृष्णकुमार गडेरिया...
कोहलपुरमा दम्पत्ती मृतावस्थामा भेटिए

बाँके, साउन १० : बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित पार्वतीपुरमा एक दम्पती आफ्नै घरमा मृतावस्थामा भेटिएका छन् ।

मृतावस्थामा भेटिएका दम्पती २५ वर्षीय कृष्णकुमार गडेरिया र २३ वर्षीया अञ्जली गडेरिया रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

बाँकेका प्रहरी नायब उपरीक्षक मधसुदन न्यौपानेका अनुसार सुतिरहेको अवस्थामा मृत फेला परेका दम्पतीमध्ये पति कृष्णको मुखबाट रगत आएको र दायाँ हातमा चोट लागेको छ ।

कृष्ण र अञ्जलीको एक वर्षअघि मात्र विवाह भएको बताइएको छ । घटनाको वास्तविकता विस्तृत अनुसन्धन पछि मात्र थाहा हुने न्यौपानेले बताए।

घटना शंकास्पद भएको बताउँदै प्रहरी नायब उपरीक्षक न्यौपानेले शव परीक्षणका लागि भेरी अस्पताल पठाइएको जानकारी दिए।

घरमा सुतेका उनीहरू बिहान अबेरसम्म नउठेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

प्रकाशित मिति: १०:४३ बजे, मंगलबार, साउन १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्