Kathmandu Press

एसईईको नतिजा भोलि सार्वजनिक गर्ने तयारी

काठमाडौं, साउन १० : गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोलि सार्वजनिक गर्ने तयारी गरिएको छ।राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले...
एसईईको नतिजा भोलि सार्वजनिक गर्ने तयारी

काठमाडौं, साउन १० :गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोलि सार्वजनिक गर्ने तयारी गरिएको छ।

राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले आज एक सूचना प्रकाशित गरी नतिजा हेर्न सकिने वेबसाइटबारे जानकारी दिएको छ। सूचनामा कसरी एसईईको नतिजा हेर्न सकिन्छ भन्ने उल्लेख गरिएको छ।

त्यस्तै, परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले परीक्षाफल सार्वजनिकको गर्ने तयारी अन्तिम चरणमा पुगेको बताए। सोमबार नतिजा प्रकाशन गर्ने तयारी गरिएको उनको भनाइ छ।

स्थानीय तहको निर्वाचनका कारण नतिजा प्रकाशनमा ढिलाइ भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। शिक्षक र तथा कर्मचारी स्थानीय तहको निर्वाचनमा खटिँदा काम रोकिएको रायमाझीको भनाइ छ।

प्रकाशित मिति: ०७:४९ बजे, मंगलबार, साउन १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्