Kathmandu Press

गुर्जामा जुवातास, धुमपान सेवन गर्न प्रतिबन्ध

म्याग्दी, साउन १० : म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा जुवातास खेल्न, धुमपान र सुर्ती  सेवन गर्न प्रतिबन्ध लगाइएको छ।वडाका जनप्रतिनिधिहरूको बैठकले जुवातास, धुमपान सेवनमा...
गुर्जामा जुवातास, धुमपान सेवन गर्न प्रतिबन्ध

म्याग्दी, साउन १० : म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा जुवातास खेल्न, धुमपान र सुर्ती  सेवन गर्न प्रतिबन्ध लगाइएको छ।

वडाका जनप्रतिनिधिहरूको बैठकले जुवातास, धुमपान सेवनमा प्रतिबन्ध लगाउनुका साथै तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई जरिवाना गराउने निर्णय गरेको छ। चुरोट, खैनी सेवनलाई पूर्णप्रतिबन्ध र बिहान ५ देखि साँझ ५ बजेसम्म जाँड, रक्सी सेवन गर्न प्रतिबन्ध लगाइएको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए।

Hardik ivf

'तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई पहिलोपटक सम्झाइबुझाई, दोस्रोपटक एक सय र तेस्रोपटकदेखि दोब्बरका दरले जरिवाना तिराउने नियम बनाएका छौं,' उनले भने, 'जरिवानाबाट सङ्कलन भएको रकम फोहर र दूषित पानीका कारण हुने स्वास्थ्य समस्या न्युनीकरणका लागि व्यक्तिगत तथा सामुदायिक सरसफाइ गर्ने व्यक्ति र परिवार पहिचान गरेर पुरस्कृत गर्न खर्च गर्छौं।'

घरेलु हिंसा, विवाद, झगडाका साथै स्वास्थ्य र सामाजिक समस्याको मुख्य कारण जुवातास र मदिरा भएकाले प्रतिबन्ध लगाइएको वडाध्यक्ष छन्त्यालले बताए। जुवातास खेलेर समय बिताउने युवा र प्रौढ पुरुषलाई घरायसी, आयआर्जन र विकास आयोजनामा परिचालन गरिने कार्यपालिका सदस्य सीताकुमारी छन्त्यालले जानकारी दिए।

अघिल्लो कार्यकालमा गरेको प्रयासले सामाजिक, आर्थिक सुधार, शान्ति र सद्भाव कायम राख्न सहयोग पुगेकाले आमा समूह, युवा क्लब र अगुवाहरूसँग समन्वय गरेर निरन्तरता दिइएको वडा कार्यालयले जनाएको छ। सडक यातायातको सुविधा नपुगेको भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित गुर्जामा २६५ घरधुरी छन्त्याल र दलित समुदायको बसोबास छ। (रासस)

प्रकाशित मिति: ०७:३७ बजे, मंगलबार, साउन १०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्