Kathmandu Press

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, साउन १० : मनसुनी वायुको प्रभावले आज देशका केही स्थानमा भाी वर्षाको सम्भावना रहेको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको...
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, साउन १० : मनसुनी वायुको प्रभावले आज देशका केही स्थानमा भाी वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही दक्षिणतिर रहेको छ भने पुर्वमा सरदर स्थानको  आसपासमा रहेको छ।

जसले गर्दा हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

यस्तै, आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रकाशित मिति: ०७:०१ बजे, मंगलबार, साउन १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्