Kathmandu Press

पहिराले डुम्रे-बेँसीशहर सडक अवरुद्ध

तनहुँ, साउन १०: लमजुङ-तनहुँ जोड्ने डुम्रे बेँसीशहर सडक पहिरोले अवरुद्ध बनाएको छ।गएराति बेँसीसहर नगरपालिका–१ देउराली डाँडामा पहिरोले जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी...
पहिराले डुम्रे-बेँसीशहर सडक अवरुद्ध

तनहुँ, साउन १०: लमजुङ-तनहुँ जोड्ने डुम्रे बेँसीशहर सडक पहिरोले अवरुद्ध बनाएको छ।

गएराति बेँसीसहर नगरपालिका–१ देउराली डाँडामा पहिरोले जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक विष्णु विकले बताए।

उनका अनुसार वैकल्पिक सडकका रुपमा रहेको श्रीजङ्ग गण नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा लेदो आएर सडक अवरुद्ध बनेको हो।  

सडक अवरुद्ध बन्दा काठमाडौं, पोखरा, चितवन लगायतबाट बेँसीशहर आउँदै गरेका सवारी साधनका यात्रु अलपत्र परेका छन्। पानी परिरहेकाले पहिरो झरिरहेको छ।

अविरल वर्षा भइरहेकाले मर्स्याङ्दी नदीमा पानीको बहाव बढेमा सडक कटान गर्ने उच्च जोखिमसमेत रहेको छ। ४२ किलोमिटरको यस सडकमा वर्खायाममा सवारी साधन तथा यात्रुहरुलाई निकै समस्या भइरहेको छ।

 

प्रकाशित मिति: ०६:४१ बजे, मंगलबार, साउन १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्