Kathmandu Press

भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त

काठमाडौं, साउन ९ : चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो...
भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त

काठमाडौं, साउन ९ : चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् । 

आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । उनी आगामी दुई वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त भएका हुन्। 

उनीसँगै दीपक श्रेष्ठ, सुचित्रा श्रेष्ठ, सुष्मा कार्की, सम्झना उप्रेती रौनियार, नरेश पौडेल अध्यक्षको दौडमा रहेका थिए। केसी केही अगाडि मात्र नेकपा एमालेबाट नेपाली काँग्रेस प्रवेश गरेका हुन् ।

प्रकाशित मिति: २१:०६ बजे, सोमबार, साउन ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्