पहिराले घर पुरिँदा तीन जनाको मृत्यु

काठमाडौं, साउन ९ : आइतबार राति अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुका अमर विष्टको घर पहिराले पुरिँदा तीन जनाको मृत्यु भएको छ ।
जिल्ला प्रशासन कार्यालय अछामका सूचना अधिकारी दीपेश रिजालका अनुसार मृत्यु हुनेमा अन्दाजी वर्ष २५÷२६ का वीरेन्द्र विष्ट, वर्ष ४५ की हरिकला विष्ट र वर्ष १५ का संविधान विष्ट रहेका छन् ।य सैगरी घाइते हुनेमा वर्ष ६५ की नैना विष्ट रहेकी छिन् ।
गएराति अन्दाजी १ बजेतिर आएको पहिराले अमर विष्टको घर पुरिँदा घरभित्र सुतिरहेका तीनै जनाको मृत्यु भएको हो । यसैगरी घाइतेको नैना विष्टको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र भुलुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा गएराति नै प्रहरी निरीक्षकको कमाण्डमा प्रहरीको टोली खटिए पनि दुर्गम क्षेत्र भएकाले अझै पुग्न नसकेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
प्रकाशित मिति: १९:५० बजे, सोमबार, साउन ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











