Kathmandu Press

नेमार, एमबाप्पे र मेसीको गोलमा पीएसजीको जित

नेमार, एमबाप्पे र मेसीको गोलमा पीएसजीको जित

काठमाडौं, साउन ९ : पेरिस सेन्ट जर्मेन .(पीएसजी) ले सोमबार सिजन पूर्वको मैत्रीपूर्ण खेलमा जापानको गाम्बा ओसाका क्लबमाथि ६–२ को विजयी हासिल गरेको छ ।

पीएसजीको जितमा पाब्लो सारबिया, एमबाप्पे, नुनो मेन्डिस, लियोनल मेसीले एक एक गोल र  नेमारले २ गोल गरे । ओसाका लागि भने केइसुके कुरोकावा र हिरोतो यामामीले एक एक गोल फर्काए  ।

पीएसजीले यसअघि सिजन पूर्वको तीन मैत्रीपूर्ण खेलमा विजय हासिल गरेको थियो । पीएसजीले अब नान्टसविरुद्ध अगस्ट १ मा सुपर कप खेल्नेछ । 

प्रकाशित मिति: १९:१८ बजे, सोमबार, साउन ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्