Kathmandu Press

सिन्धुपाल्चोकको  इन्द्रावतीमा खोलाले बगाएर दुई जनाको ज्यान गयो 

काठमाडौं, साउन ९  : सिन्धुपाल्चोकमा इन्द्रावती खोलाले बगाएर दुई जनाको ज्यान गएको छ ।मेलम्ची नगरपालिका १२ र इन्द्रावती गाउँपालिका ५ जोड्ने झोलुङ्गे पुलको...
सिन्धुपाल्चोकको  इन्द्रावतीमा खोलाले बगाएर दुई जनाको ज्यान गयो 

काठमाडौं, साउन ९  : सिन्धुपाल्चोकमा इन्द्रावती खोलाले बगाएर दुई जनाको ज्यान गएको छ ।

मेलम्ची नगरपालिका १२ र इन्द्रावती गाउँपालिका ५ जोड्ने झोलुङ्गे पुलको बाटोबाट दुई जनालाई खोलाले बगाएको छ । 

ज्यान गुमाउनेमा मेलम्ची ११ का बिश्नुप्रसाद चालिसेका ५ वर्षका छोरा विशेष र चौतारा साँगाचोकगढी नगरपालिका ७ सानो सिरुवारीकी ५५ वर्षकी गोमा धिताल रहेका इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

माइत जाने क्रममा इन्द्रावती ५ कोइरालटार भिरबाट लडेर दुवै जनालाई इन्द्रावती खोलाले बगाएको अनुमान गरिएको छ ।

प्रकाशित मिति: १८:५७ बजे, सोमबार, साउन ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्