Kathmandu Press

मलाईकाको छाला रंगको तस्बीर भाइरल

मुम्बई, मंसिर ५ : बलिउडमा सबैभन्दा फिट र स्टाइलिस अभिनेत्रीमा पर्छिन मलाईका अरोडा। उनी कतिपयका फ्यानका लागि फिट र आकर्षक शारीरिक बनावटका लागि  प्....

मलाईकाको छाला रंगको तस्बीर भाइरल

मुम्बई, मंसिर ५ : बलिउडमा सबैभन्दा फिट र स्टाइलिस अभिनेत्रीमा पर्छिन मलाईका अरोडा। उनी कतिपयका फ्यानका लागि फिट र आकर्षक शारीरिक बनावटका लागि  प्रेरणा पनि हुन्।

पछिल्लो समय सामाजिक सञ्जालमा मलाईका अरोराका केही तस्बिर र भिडियो निकै भाइरल बनेका छन्। मलाईकाको शारीरिक सुन्दरता त्यत्तिकै भने बनेको होइन। उनी फिट रहनका लागि निकै मिहिनेत गर्छिन।

जतिसुकै व्यस्त भए पनि मलाईकाले जिमको समय चुकाउँदिनन्। उनको जिम सेसनको तस्बिर पनि सार्वजनिक भएको छ।

जहाँ उनी निकै सुन्दर देखिएकी छिन्। जिमबाट निस्किँदै गर्दा उनले छाला रंगको जेगिंग र सेन्डो लगाएकी छन्।

उनले सेन्डो कम्मरमा बाँधेर कपाल खुला छोडेकी छन्। जुन तस्बिर र भिडियो उनका फ्यानहरुका लागि निकै रुचीकर बनेको छ।

मलाईका फिटनेस र स्टाइलका कारण मात्र होइन आफ्ना नातेदारसँग र विदाको समयमा पनि सुन्दर तस्बिर सार्वजनिक गरिरहन्छिन्। जसकार उनी सामाजिक सञ्जालमा छाइरहेकी हुन्छिन्।

प्रकाशित मिति: १३:२७ बजे, बिहीबार, मंसिर ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्