विदेशका विषयमा बोल्दा कम्युनिष्ट पार्टी फुट्न पनि सक्छ : भीम रावल
काठमाडौं, माघ २६ : नकेपाका नेता एवं पूर्वपउप्रधानमन्त्री भीम रावलले भेनेजुएला प्रकरणमा बढेको आन्तरिक तिक्ततातर्फ संकेत गर्दै अन्य देश र त्यहाँका सरकार....
काठमाडौं, माघ २६ : नकेपाका नेता एवं पूर्वपउप्रधानमन्त्री भीम रावलले भेनेजुएला प्रकरणमा बढेको आन्तरिक तिक्ततातर्फ संकेत गर्दै अन्य देश र त्यहाँका सरकारका विषयमा बोल्दा पार्टी फुट्न पनि सक्ने चेतावनी दिएका छन् ।
आज विहान ट्वीट गर्दै रावलले नेताहरुलाई संयमित भएर विधि र बैठकबाट पार्टीका विवाद टुंगाउन आग्रह गरेका छन् । ‘विगतमा कुनै देश र सरकार विशेषबारे सार्वजनिक रूपमा धेरै विवाद गर्दा कम्युनिष्ट पार्टीमा विभाजन समेत आएको स्मरण गर्दै संयमित भएर विधि र बैठकबाट विवाद टुंग्याउनु र पार्टी एकीकरणको काम अविलम्व पूरा गर्नु बुध्दिमानी कार्य ठहरिने छ’ रावलले ट्वीटमा लेखका छन् ।
नकेपाभित्र पछिल्लो समय भेनेजुएलाका विषयमा विवाद तिव्र हुर्दै गएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली विदेश भएकाबेला अर्का अध्यक्ष पुष्पकमल दाहालले भेनेजुएलाका विषयमा विज्ञप्ति मार्फत अमेरिकाको कडा विरोध गरेपछि विवाद थप बढ्र्दै गएको हो । शुक्रबार मात्रै माओवादी अध्यक्ष दाहालले राजधानीमा आयोजित एक कार्यक्रममा सरकारको कार्यशैली नसुध्रने हो भने अर्को माओवादी जन्मन सक्ने चेतावनी दिएका थिए ।
गत विहिबार प्रधानमन्त्रीको सचिवालयलेनै संचालन गर्ने 'जनतासँग प्रधानमन्त्री' नामक टेलिभिजन कार्यक्रममा प्रधानमन्त्री ओलीले भेनेजुएलाका विषयमा दाहालले जारी गरेको विज्ञप्तिप्रति असन्तुष्टी व्यक्त गरेका थिए ।






