Kathmandu Press

अवरुद्ध विकासको कामले तीव्रता लिन्छ : वरिष्ठ नेता पौडेल

दमौली, साउन ९ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अवरुद्ध विकासको कामले तीव्रता पाउने बताएका छन्। तनहुँको व्यास नगरपालिका-७ कलेस्ती बजारमा आज...
अवरुद्ध विकासको कामले तीव्रता लिन्छ : वरिष्ठ नेता पौडेल

दमौली, साउन ९ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अवरुद्ध विकासको कामले तीव्रता पाउने बताएका छन्। तनहुँको व्यास नगरपालिका-७ कलेस्ती बजारमा आज स्थानीयवासीसँगको भेटघाट कार्यक्रममा उनले जिल्लाको विकास निर्माणका लागि चिन्ता नलिन आग्रह गरे। 

तनहुँको विकासको जिम्मा आफूले लिएको बताउँदै वरिष्ठ नेता पौडेलले भने, 'गत प्रतिनिधिसभा निर्वाचनबाट तनहुँका सबै क्षेत्रमा कम्युनिष्टले जितेपछि विकासको कामले गति लिन सकेन, यो बीचमा ठूला योजना सञ्चालन हुन सकेनन्, तर अब जिल्लाको विकासको जिम्मा म लिन्छु।' वरिष्ठ नेता पौडेलले जिल्लाले विकासमा काँचुली फेर्ने बताए। 

विगतमा राष्ट्रिय राजनीति र राष्ट्रिय मुद्दामा व्यस्त रहनुपर्दा जिल्लामा कम मात्रै आउने गरे पनि आफू जिल्लाको विकासका लागि सधैँ क्रियाशील रहेको उनको भनाइ थियो।

नेता पौडेलले आजै व्यास नगरपालिका र भानु नगरपालिकाका विभिन्न ठाउँमा जनतासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। व्यास–७ का छापथोक, मेवावारी, जौबारी र गैह्रीस्वाँरा तथा भानु–१३ का पोखरीछाप, टुटेपानी, बाँसपानी, बयापानी, ओख्ले, रायपाली, अर्चले, रतनपुर र आहालेमा जनतासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: १६:५२ बजे, सोमबार, साउन ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्