Kathmandu Press

एकै दिन थपिए ५६८ कोरोना संक्रमित, एकजनाकाे मृत्यु

देशभर गरिएको ३ हजार ८४ पिसिआर परिक्षणका क्रममा ४ सय ५३ जना र १ हजार ७ सय १६ एन्टीजेन परीक्षणका क्रममा १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
एकै दिन थपिए ५६८ कोरोना संक्रमित, एकजनाकाे मृत्यु

काठमाडाैं, साउन ९ : नेपालमा एकैदिन ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ३ हजार ८४ पिसिआर परिक्षणका क्रममा ४ सय ५३ जना र १ हजार ७ सय १६ एन्टीजेन परीक्षणका क्रममा १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५७ जनाले ज्यान गुमाएका छन्।

त्यस्तै थप ९५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६८ हजार ५ सय ८४ जना कोरोना मुक्त भएका छन्। हाल नेपालमा ३ हजार ५ सय ३४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १६:५० बजे, सोमबार, साउन ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्