Kathmandu Press

सभापति देउवाद्वारा पन्थीको निधनप्रति दुःख व्यक्त

काठमाडाैं, साउन ९ : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले खगेश्वर पन्थीको निधनप्रति दुःख व्यक्त गरेका छन्।सभापति देउवाका तर्फबाट पार्टी केन्द्रीय कार्यालयका...
सभापति देउवाद्वारा पन्थीको निधनप्रति दुःख व्यक्त

काठमाडाैं, साउन ९ : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले खगेश्वर पन्थीको निधनप्रति दुःख व्यक्त गरेका छन्।

सभापति देउवाका तर्फबाट पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गर्दै कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीका ८३ वर्षीय पिता खगेश्वरको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन्।

सभापति देउवाले स्व पन्थीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतात्माको चीरशान्तिको कामना एवं जिल्ला सभापति पन्थीलगायत समस्त परिवारजनप्रति पार्टी र आफ्ना तर्फबाट गहिरो समवेदना व्यक्त गरेका छन्।

पन्थीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा यही साउन ४ गते निधन भएको हो। स्व पन्थी साविक नेपाली कांग्रेस अर्थले गाउँ कार्यसमितिका पूर्वकोषाध्यक्ष थिए।

सामाजिक क्षेत्रमा संलग्न रहँदै आएका स्व. पन्थीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ। पन्थीको निधनबाट कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको मुख्यसचिव पौडेलद्वारा जारी शोक विज्ञप्तीमा भनिएको छ।

प्रकाशित मिति: १६:४६ बजे, सोमबार, साउन ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्