‘तीन महिनाभित्र महँगी १४ प्रतिशत बढ्ने’
काठमाडौं, साउन ९ : नेपाल राष्ट्र बैंकले तीन महिनाभित्र महँगी १४ प्रतिशत बढ्ने बताएको छ।आर्थिक वर्ष २०७८७९ को चौथो त्रैमासिक अपेक्षित मुद्रास्फीति सर्वेक्षण...
काठमाडौं, साउन ९ : नेपाल राष्ट्र बैंकले तीन महिनाभित्र महँगी १४ प्रतिशत बढ्ने बताएको छ।
आर्थिक वर्ष २०७८७९ को चौथो त्रैमासिक अपेक्षित मुद्रास्फीति सर्वेक्षण नतिजा सार्वजनिक गर्दै राष्ट्र बैंकले त्यस्तो बताएको हो।
अहिले पनि महँगी १४ प्रतिशत रहेको अनुमान गरिएको सर्वेक्षणमा सहभागीहरूले बताएको जनाइएको छ। त्यस्तै आगामी एक वर्ष पछिको अपेक्षित मुद्रास्फीति १३.५ प्रतिशत हुने अनुमान गरिएको छ।
गैरखाद्य र सेवा तथा घरजग्गा (आवास) बाहेकका सम्पूर्ण उपभोग समूहहरूमा आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गरिएको छ। तरकारी र फलफूल तथा माछा, मासु, दूध, घ्यू र तेल उपभोग समूहबाहेकका सबै समूहमा एक वर्षअगाडि मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूको संख्या थोरै घटेको छ।
सर्वेक्षणमा सहभागीहरुलमध्ये ९४.७ प्रतिशतले आगामी तीन महिनासम्म मूल्य बढ्ने बताएका छन्।
२०७७ असार २० देखि २७ मा २८ सहरका ३१ बजार क्षेत्रका १ हजार १ सय ४१ सहरी व्यक्तिहरूको प्रतिक्रिया आधारमा उक्त सर्वेक्षण तयार गरेको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले जेठ २०७९ को वार्षिक उपभोक्ता मुद्रास्फीति ८।५६ प्रतिशत रहेको तथ्यांक सार्वजनिक गरेको थियो ।











