Kathmandu Press

दिल्लीमा आरजुको शल्यक्रिया सम्पन्न

काठमाडौं, साउन ९ : प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाको शल्यक्रिया सम्पन्न भएको छ।सामाजिक सञ्जालमा एक...
दिल्लीमा आरजुको शल्यक्रिया सम्पन्न
शल्यक्रियाअघि डाक्टरसँग।

काठमाडौं, साउन ९ : प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाको शल्यक्रिया सम्पन्न भएको छ।

सामाजिक सञ्जालमा एक सन्देश लेख्दै उनले आफ्नो शल्यक्रिया सफल भएको बताएकी हुन्। ‘मेरो सफल शल्यक्रिया र उपचारका लागि ओन्कोसर्जरी म्याक्स अस्पतालका अध्यक्ष प्रा.डा. हरित चतुर्वेदी र डा. कंकिता बत्रा मोदी रोबोटिक ओन्कोगाइनेकोलोजिस्टलाई धन्यवाद,’ उनले फेसबुकमा लेखेकी छन्।

उपचारकाे सिलसिलामा दुई सातादेखि आरजु भारतकाे दिल्लीमा रहँदै आएकी छन्। नेपालमा राजनीतिक भागबन्डा मिलाउन गएको भनेर आलोचना गरिएको थियो।

प्रकाशित मिति: १६:२० बजे, सोमबार, साउन ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्