Kathmandu Press

प्रहरीले समितिलाई बुझायाे सिसिटिभी फुटेज हार्डडिस्कको फरेन्सिक रिपोर्ट

काठमाडौं, साउन ९ : बजेट निर्माण गर्दा अनधिकृत मानिसलाई प्रवेश दिइएको घटनालाई लिएर निर्वमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनाइएको संसदीय विशेष छानबिन समितिलाई...
प्रहरीले समितिलाई बुझायाे सिसिटिभी फुटेज हार्डडिस्कको फरेन्सिक रिपोर्ट

काठमाडौं, साउन ९ : बजेट निर्माण गर्दा अनधिकृत मानिसलाई प्रवेश दिइएको घटनालाई लिएर निर्वमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनाइएको संसदीय विशेष छानबिन समितिलाई नेपाल प्रहरीको विद्युतीय विधि विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको सिसिटिभी फुटेजको हार्डडिस्कको फरेन्सिक रिपोर्ट बुझाएको छ।

प्रहरी प्रवक्ता टेकप्रसाद राईले प्रहरीको विद्युतीय विधि विज्ञान प्रयोगशालाले समितिलाई उक्त रिपोर्ट बुझाएको जानकारी दिए। स्रोतका अनुसार सिलबन्द रहेको रिपोर्ट मंगलबार बिहान समितिको बैठकमा खोलिनेछ। 

व्यापक मिहिनेत गरिरहे पनि समितिले अहिलेसम्म कुनै प्रमाण फेला पार्न सकेको छैन।

समितिले अर्थ मन्त्रालयबाट सिसिटिभी फुटेज माग गर्दा फुटेज डिलिट भएको जवाफ मन्त्रालयले दिएको थियो । त्यसपछि समितिले हार्डडिस्क रिकभरका लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाएको थियो।

समितिलाई अर्थमन्त्रीमाथि अनुसन्धानका लागि सुरुमा १० दिनको समय दिइए पनि उक्त समयमा समितिले रिपोर्ट बुझाउन सकेको थिएन । त्यसपछि समितिलाई पुनः अनुसन्धान गर्न ५ साउनमा एक साताका लागि म्याद थप गरिएको थियो। समितिले १२ गतेभित्र छानबिन गरेर संसद्लाई प्रतिवेदन दिनुपर्छ।

प्रकाशित मिति: १५:५८ बजे, सोमबार, साउन ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्