चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीले छापा
काठमाडौं, साउन ९ : काठमाडौंको तीनकुने र गैरीगाउँमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीले छापा मारेको छ।काठमाडौं प्रहरी परिसर, नगर प्रहरी र प्रहरी वृत्त...
काठमाडौं, साउन ९ : काठमाडौंको तीनकुने र गैरीगाउँमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीले छापा मारेको छ।
काठमाडौं प्रहरी परिसर, नगर प्रहरी र प्रहरी वृत्त बानेश्वरबाट खटिएको टोलीले तीनकुने र गैरीगाउँका तीन ठाउँमा छापा मारी विद्युतीय उपकरणहरुसहित कागजात नियन्त्रणमा लिएको जनाइएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए।
त्यस्ता कल सेन्टरहरूबाट साइबर अपराध हुने गरेको आशंका प्रहरीकाे छ।
आइतबार प्रहरीले बुटवलमा चिनियाँ र भारतीय नागरिकसमेतको लगानीमा चलाइएको कल सेन्टरमा पनि छापा हानेको थियो ।
२०७६ मा पनि प्रहरीले काठमाडौंका विभिन्न स्थानमा सर्च अपरेसन चलाएर १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो।
प्रकाशित मिति: १४:४४ बजे, सोमबार, साउन ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











