Kathmandu Press

सात वर्षमा वैवाहिक अंगीकृत नागरिकता दिने प्रावधान हटाइएकोमा श्रेष्ठकाे आपत्ति

काठमाडौं, असार ९ : माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राज्य व्यवस्था समितिले बहुमतले पारित गरेको विधेयक सरकारले फिर्ता गरेर नयाँ विधेयक ल्याएको भन्दै असन्तुष्टि...
सात वर्षमा वैवाहिक अंगीकृत नागरिकता दिने प्रावधान हटाइएकोमा श्रेष्ठकाे आपत्ति

काठमाडौं, असार ९ : माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राज्य व्यवस्था समितिले बहुमतले पारित गरेको विधेयक सरकारले फिर्ता गरेर नयाँ विधेयक ल्याएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

सोमबार बसेको राष्ट्रियसभा बैठकमा उक्त विधेयक गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभाको सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस’ भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेता श्रेष्ठले सात वर्षमा वैवाहिक अंगीकृत नागरिकता महिलालाई दिने प्रावधानलाई हटाइएको भन्दै उनले आपत्ति जनाए।

सोमबार बसेको बैठकमा उक्त विधेयक गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभाको सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलपछि

त्यस्तै सांसद डा. विमला राई पौड्यालले गठबन्धनको नेताहरुको बलमिच्याइँका कारण नयाँ विधेयक ल्याएको तर्क गरिन्। पुरानो विधेयक फिर्ता लिएर सरकारले सांसदको स्वविवेक निर्णय गर्नेको पनि अवमूल्यन गरेको उनको भनाइ छ ।

सांसद खिमलाल देवकोटाले नागरिकता विधेयकमाथिको कतिपय प्रावधानमा पुनर्विचार गर्नुपर्ने देखिएको बताए।

प्रकाशित मिति: १४:२२ बजे, सोमबार, साउन ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्