कृषिप्रधान देशमा २ खर्बभन्दा बढीको खाद्यान्न आयात हुनु लज्जास्पद : सभामुख
काठमाडाैं, साउन ९ : सभामुख अग्निप्रसाद सापकोटाले कृषिप्रधान देशमा २ खर्बभन्दा बढीको खाद्यान्न आयात हुनु लज्जास्पद र चिन्ताजनक विषय भएको बताएका छन्।गन्तव्य परिवारद्वारा सोमबार...
काठमाडाैं, साउन ९ : सभामुख अग्निप्रसाद सापकोटाले कृषिप्रधान देशमा २ खर्बभन्दा बढीको खाद्यान्न आयात हुनु लज्जास्पद र चिन्ताजनक विषय भएको बताएका छन्।
गन्तव्य परिवारद्वारा सोमबार काठमाडौमा आयोजित घर एक उद्यमशिल सदस्य अभियानको शुभारम्भ गर्दै सभामुख सापकोटाले कृषिप्रधान देशमा आन्तरिक उत्पादन बढाउनुपर्नेमा दुई खर्व ५० करोडको खाद्यान्न आयात हुनु लज्जास्पद र चिन्ताजनक भएको भन्दै युवाहरुलाई स्वदेशमा नै परिचालन गरि उत्पादन वृद्धिमा ध्यान दिनुपर्ने बताएका हुन्।
नेपालका युवाहरु बिदेशका हरेक निकायमा रहेको भन्दै उनीहरुलाई स्वदेशमा नै परिचालन गर्दै मुलुकको आर्थिक बिकासमा ध्यान केन्द्रीत गर्नुपर्ने उनले बताए। सभाभुख सापकोटाले गुन्द्रुक, जनै लगाएत पछिल्लो समय खरानी समेत बिदेशबाट ल्याउनुपर्ने अवस्था अन्त्य गरेरै छाड्नुपर्ने धारणा राखे।
उनले युवाहरुको आवाजलाई राष्ट्रले धेरै राम्रोसंग बुलन्द गरिरहेको र त्यसको संकेत काठमाडौ र धरानमा देखिन थालेको जिकिर गर्नुभयो । युवाहरुको भावनालाई बुझ्न नसके मुलुक अझै पछि पर्ने उहाको भनाइ छ।
कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो।











