Kathmandu Press

‘संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार संशोधन गर्दै जानुपर्छ’

काठमाडौं, साउन ९ : गृहमन्त्री बालकृष्ण खाणले संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार संशोधन गर्दै जानुपर्ने बताएका छन्।राष्ट्रिय सभाको आज (सोमबार) को बैठकमा नेपाल...
‘संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार संशोधन गर्दै जानुपर्छ’

काठमाडौं, साउन ९ : गृहमन्त्री बालकृष्ण खाणले संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार संशोधन गर्दै जानुपर्ने बताएका छन्।

राष्ट्रिय सभाको आज (सोमबार) को बैठकमा नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ माथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले त्यस्तो बताएका हुन्।

‘संविधान देशको गतिशील दस्तावेज हो, धार्मिक ग्रन्थ होइन। आवश्यकताअनुसार यसलाई संशोधन गर्दै लानुपर्छ,’ उनले भने, ‘नागरिकता प्राप्त गर्न खुकुलो बनाएको होइन। नागरिकताविहीन नागरिकलाई नागरिकता प्रदान गर्न विधेयक ल्याएको हो।’

उनले लाखौं युवाहरुले नागरिकता नपाएको दाबी गरे। उनीहरूलाई व्यवस्थित ढंगले नागरिकता दिन विधेयक ल्याइएको उनको भनाइ थियो।

उनले वैवाहिक अंगीकृत नागरिकताको सवालमा अहिले पनि सहमति जुटाउने प्रयत्न भइरहेको पनि बताए। ‘वैवाहिक अंगीकृत नागरिकताको विषयमा सहमति हुन सकेन। असहमतिका बाबजुत २२ महिनापछि संसदमा प्रतिवेदन पेस गरियो। यसमा सहमति जुटाउने प्रयत्न भइरहेको छ,’ उनले भने।

राष्ट्रिय सभाको दोस्रो बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।

सर्वसम्मत रूपमा विधेयक पास गर्न आग्रह गरेका उनले अघिल्लो सरकारले ल्याएको विधेयक र अध्यादेशकै आधारशिलामा रहेर अहिले विधेयक ल्याएको बताए।

प्रकाशित मिति: १३:३७ बजे, सोमबार, साउन ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्