म्याजिक भ्यानमा अचानक आगाे लाग्दा पूर्ण रुपमा क्षति
उदयपुर, साउन ९ : उदयपुर जिल्लाको सदरमुकाम गाईघाटबाट सुनसरीको इटहरी जाँदै गरेको म्याजिक भ्यानमा अचानक आगलागी हुँदा पूर्ण रुपमा क्षति भएको छ।गाईघाट बाट...
उदयपुर, साउन ९ : उदयपुर जिल्लाको सदरमुकाम गाईघाटबाट सुनसरीको इटहरी जाँदै गरेको म्याजिक भ्यानमा अचानक आगलागी हुँदा पूर्ण रुपमा क्षति भएको छ।
गाईघाट बाट इटहरी हिंडेको म्याजिक भ्यानमा चौदण्डीगढी नगरपालिका ६ को अधिकारी होटल संगैको उकालोमा अचानक आगलागी भएको स्थानीयले जनाएका छन्।
आगलागीको खबर पाउने बितिकै चौदण्डीगढी नगरपालिका बाट आएको दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए।
सानो व्यापार गर्दै सुन्सरीबाट उदयपुर आएका भ्यानका चालक एवं धनी मोतिराम खड्काको म्याजिक जल्दा भ्यानमा रहेको ४० कार्टुन थुप्पा बनाउने चाउमिन समेत जलेर नष्ट भएको छ।
म्याजिक भ्यानमा रहेका चालक खड्का र भ्यानमा सवार एक व्यक्ति सकुशल रहेका छन्। म्याजिक पूर्ण रुप्मा जलेर काम नलाग्ने भएको छ।


प्रकाशित मिति: १२:५४ बजे, सोमबार, साउन ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











