Kathmandu Press

यू–२० साफ च्याम्पियनसिपमा माल्दिभ्ससँग खेल्दै नेपाल

काठमाडाैं, साउन ९ : भारतको भुवनेश्वरमा आजदेखि सुरु हुने यू–२० साफ च्याम्पियनसिपमा नेपालले आज पहिलो खेल खेल्दैछ। भुवनेश्वरको कालिंगा रंगशालामा अपरान्ह ४ बजे...
यू–२० साफ च्याम्पियनसिपमा माल्दिभ्ससँग खेल्दै नेपाल

काठमाडाैं, साउन ९ : भारतको भुवनेश्वरमा आजदेखि सुरु हुने यू–२० साफ च्याम्पियनसिपमा नेपालले आज पहिलो खेल खेल्दैछ। भुवनेश्वरको कालिंगा रंगशालामा अपरान्ह ४ बजे हुने खेलमा नेपालले माल्दिभ्सको सामना गर्ने छ।

राउण्ड रोविनका आधारमा हुने प्रतियोगितामा माल्दिभ्सविरुद्ध नेपाल तीन अंकका लागि मैदान उत्रने छ। तयारी राम्रो भएको र जितकै लागि मैदान उत्रने नेपाली टिमका कप्तान आयुष घलानले बताएका थिए।

यता, प्रशिक्षक मेघराज केसीले उपाधि जित्ने गरी तयारी गरेको बताएका छन् । करिब २ महिना तयारी गरेकाले टोलीबाट धेरै अपेक्षा गरिएको उनले बताएका छन्।

नेपाली टिममा राष्ट्रिय टिममा खेलिसकेका आयुषसहित शीर्ष डिभिजन खेलेका कृतिश रत्नछुन्जु, मनग्य नकर्मी, आशिष राई, दीपेश गुरुङलगायत खेलाडी रहेकाले नेपाली टिमलाई उपाधिको बलियो दाबेदार बनाएको छ।

कोरोना महामारीका कारण पछिल्लो २ वर्षदेखि उमेर समूहका प्रतियोगिता नभएका कारण यस पटक खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरिएको थियो ।

नेपाल र माल्दिभ्स यो स्तरमा यसअघि दुई पटक खेलेका छन् । सन् २०१७ मा नेपालले माल्दिभ्सलाई हराएको थियो भने २०१९ मा बराबरी खेलेको थियो ।

 

प्रकाशित मिति: ११:२१ बजे, सोमबार, साउन ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्