Kathmandu Press

प्रेस युनियनकाे अध्यक्षमा लम्साल विजयी

काठमाडाैं, साउन ९ : नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन् । आइतबार हेटौंडामा सम्पन्न निर्वाचनमा ७४५ मत ल्याउँदै लम्साल विजयी...
प्रेस युनियनकाे अध्यक्षमा लम्साल विजयी

काठमाडाैं, साउन ९ : नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन् । आइतबार हेटौंडामा सम्पन्न निर्वाचनमा ७४५ मत ल्याउँदै लम्साल विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी अनिता विन्दुले ६१२ मत प्राप्त गरिन्। यस्तै, अध्यक्षका अर्का प्रत्यासी भुवन भट्टले १९ मत मात्र प्राप्त गरे।

यसैगरी वरिष्ठ उपाध्यक्षमा प्रेम केसी खुला उपाध्यक्षमा नकुल अर्याल र भीष्मराज ओझा निर्वाचित भएका छन्।

यस्तै, महिला उपाध्यक्षमा सलोजा दाहाल, समावेशी उपाध्यक्षमा दिपेन्द्र वान्तवा, प्रदेश १ उपाध्यक्षमा डिल्लीराम खतिवडा, मधेशबाट अनिल कर्ण निर्वाचित हुँदा बागमतीबाट डा. मुरारी अधिकारी, गण्डकीबाट ऋषिकान्त पौडेल, लुम्बिनीबाट माधवप्रसाद अर्याल, कर्णालीबाट राजेन्द्रबहादुर कार्की, सुदूरपश्चिमबाट प्रेम चुनारा र काठमाडौं उपत्यकाबाट जीवन भण्डारी उपाध्यक्षमा निर्वाचित भएका छन्।

महासचिवमा दिलीप पौडेल फराकिलो मतान्तरले निर्वाचत भए । यस्तै, खुला उपमहासचिवमा युवराज गौतम, कमल पन्त र रवीन्द्र सुवेदी विजयी हुँदा महिला उपमहासचिवमा दिलिपाश्री अधिकारी र सुलोचना गौतम निर्वाचित भएका छन्। समावेशी उपमहासचिवमा अभयकुमार राई निर्वाचित भएका छन्।

यसैगरी खुलातर्फ चार सचिवमा तीर्थराज बस्नेत, केदार दाहाल, खगेन्द्र भण्डारी र भुवन शर्मा विजयी हुँदा महिला सचिवमा मेनुका ढुंगाना, पुष्मा शर्मा र रेजिना गौतम निर्वाचत भए। यस्तै,  आदिवासी जनजाति सचिवमा लालकुमार मुक्तान, मधेशी सचिवमा अजित तिवारी, दलित सचिवमा राजन रुचाल, पिछडिएको सचिवमा एलपी देवकोटा, खस–आर्य सचिवमा युवराज रेग्मी, रेडियो सचिवमा नरहरि सापकोटा, छापा सचिवमा राधा खनाल विजयी भएका छन्।

यसैगरी कोषाध्यक्षमा माधव धिताल निर्वाचित भएका छन् । सदस्यहरूकाे भने अन्तिम मतपरिणाम आउन बाँकी छ।

प्रकाशित मिति: १०:३० बजे, सोमबार, साउन ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्