Kathmandu Press

प्रचण्ड भन्छन्– अहिलेको निर्वाचन प्रणालीले देशलाई भड्खालोमा लान्छ

‘गाउँपालिकामा १० करोड खर्च गरेर चुनाव जितियो भन्ने कुरा सुनिएको छ । यही प्रणालीमा संघको चुनाव जित्न अर्बौं रकम चाहिने स्थिति आएको छ।’
प्रचण्ड भन्छन्– अहिलेको निर्वाचन प्रणालीले देशलाई भड्खालोमा लान्छ

काठमाडौं, साउन ९ : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिलेको निर्वाचन प्रणालीका कारण गणतन्त्र खतरा परेको बताएका छन्। अध्यक्ष प्रचण्डले स्व.नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै खर्चिलो निर्वाचन प्रणालीले गणतन्त्रलाई खतरामा पारेको बताएका हुन्।

‘अहिलेको निर्वाचन प्रणालीले गणतन्त्र पनि खतरामा पर्छ । यसले देशलाई नराम्रो भुमरीमा लान्छ, भड्खालोमै लान्छ,’ प्रचण्डले भने, ‘गाउँपालिकामा १० करोड खर्च गरेर चुनाव जितियो भन्ने कुरा सुनिएको छ । यही प्रणालीमा संघको चुनाव जित्न अर्बौं रकम चाहिने स्थिति आएको छ।’

अध्यक्ष प्रचण्डले अहिलेको अवस्थामा गरिबले चुनाव जित्नु त सपना जस्तो भएको बताउँदै अब दलालहरू निर्वाचित हुने बताए ।

 

प्रकाशित मिति: १०:११ बजे, सोमबार, साउन ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्