Kathmandu Press

अछामको तुर्माखाँदामा पहिरो, घरभित्र सुतेका तीन बेपत्ता

अछाम, साउन ९ : अछामको तुर्माखाँदामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन्।गएराति तुर्माखाँद गाउँपालिका २ भुलुका अमर विष्टको घर पहिरोले पुरिएको...
अछामको तुर्माखाँदामा पहिरो, घरभित्र सुतेका तीन बेपत्ता

अछाम, साउन ९ : अछामको तुर्माखाँदामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन्।

गएराति तुर्माखाँद गाउँपालिका २ भुलुका अमर विष्टको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरोमा परी एक जना घाइते भएका छन्। घरभित्र सुतिरहेका तीन जना वेपत्ता रहेको प्रहरीले जनाएको छ।

राति १ बजे पहिरो गएको खबर आएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले बताए। उनका अनुसार दुर्गम क्षेत्र भएकाले त्यसपछि सम्पर्क हुन सकेको छैन।

पहिरो गएको सूचना पाए लगत्तै राति नै प्रहरी टोली परिचाल गरिएको उनले बताए। दुर्गम भएकाले राति गएको प्रहरी टोली आज पहिरो गएको स्थलमा पुग्ने उनले बताए। त्यसपछि मात्रै विस्तृत जानकारी प्राप्त हुने उनको भनाइ छ।

प्रकाशित मिति: ०७:२४ बजे, सोमबार, साउन ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्