Kathmandu Press

आज मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, साउन ९ : मनसुनी वायुको प्रभावले आज देशका विभिन्न भागमा मेघ गर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको छ।जल तथा मौसम विज्ञान विभागका...
आज मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, साउन ९ : मनसुनी वायुको प्रभावले आज देशका विभिन्न भागमा मेघ गर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर रहेको छ। जसले गर्दा देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही र बाकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानमा र अन्य भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ। देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागको आकलन छ। बाढी र पहिरो आउन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

प्रकाशित मिति: ०६:४६ बजे, सोमबार, साउन ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्