Kathmandu Press

मौरीको टोकाइबाट तीन बर्षीय बालकको मृत्यु, पाँच घाइते

काठमाडौं, मंसिर ५ : वनमौरीको टोकाइबाट मलङ्गवा–७ मुसैलीमा एक बालककोे मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

मुसैलीस्थित खेतमा ....

मौरीको टोकाइबाट तीन बर्षीय बालकको मृत्यु, पाँच घाइते
Hardik ivf

काठमाडौं, मंसिर ५ : वनमौरीको टोकाइबाट मलङ्गवा–७ मुसैलीमा एक बालककोे मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

मुसैलीस्थित खेतमा काम गर्ने क्रममा बुधबार साँझ वनमौरीले टोक्दा गणेश रायका तीन वर्षीय छोरा किसनकुमार रायको मृत्यु भएको छ । मौरीको टोकाइबाट रायकी श्रीमती ३५ वर्षीया चिन्तादेवी राय र निजका छोरा चार वर्षीय रविकुमार राय, स्थानीयवासी २४ वर्षीया अञ्जलीदेवी यादव, ४० वर्षीया देवबत्ती देवी र १८ वर्षीय रामध्यान महतो घाइते भएका छन् ।

उनीहरुलाई उपचारका लागि बुधबार राति ९ः३० बजेको समयमा मलङ्गवा अस्पतालबाट वीरगञ्ज सिफारिश गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घाइतेलाई मौरीले शरीरका विभिन्न भागमा टोकेको स्थानीयवासी हरदास यादवले जानकारी दिए । 

प्रकाशित मिति: ०८:५१ बजे, बिहीबार, मंसिर ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्