सुन्दरीजल खाेलमा बेपत्ता भएका किशाेरकाे शव फेला
काठमाडाैं, साउन ८ : काठमाडौंको सुन्दरीजल खोलामा शनिबार बेपत्ता भएका किशोरको शव फेला परेकाे छ।शनिबार साथिहरूसँग सुन्दरीजल घुम्न गएका बढानीलकण्ठ नगपालिकाकाे कपन निवासी...
काठमाडाैं, साउन ८ : काठमाडौंको सुन्दरीजल खोलामा शनिबार बेपत्ता भएका किशोरको शव फेला परेकाे छ।
शनिबार साथिहरूसँग सुन्दरीजल घुम्न गएका बढानीलकण्ठ नगपालिकाकाे कपन निवासी १६ वर्षीय शुभमश्री प्रधान खाेलामा खसेर बेपत्ता भएका थिए। आइतबार उनकाे शव भेटिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएकाे छ।
प्रधानकाे शव ढुंगाको चेपमा अड्किएको अवस्थामा भेटिएको छ। शनिबार साथीहरुसँग घुम्न गएका कपनका प्रधान खोलामा खसेको स्पिकर टिप्न जाँदा लडेका थिए।
खोलामा हराएलगत्तै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको विशेष टोलीले उनको खोजी गरेको थियो।
प्रकाशित मिति: २०:२६ बजे, आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











