Kathmandu Press

साफ यु–२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता सोमबारबाट

काठमाडाैं, साउन ८ : साफ यु–२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता सोमबारबाट सुरु हुँदैछ।च्याम्पियनसिपमा सहभागिता जनाउन भारतको भुवनेश्वर पुगेका नेपाली युवा टोली प्रतियोगिताका लागि...
साफ यु–२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता सोमबारबाट

काठमाडाैं, साउन ८ : साफ यु–२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता सोमबारबाट सुरु हुँदैछ।

च्याम्पियनसिपमा सहभागिता जनाउन भारतको भुवनेश्वर पुगेका नेपाली युवा टोली प्रतियोगिताका लागि तयार छन्। कालिंगा स्टेडियममा हुने उद्घाटन खेलमा नेपालले सोमबार माल्दिभ्सको सामना गर्नेछ।

नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार सोमबार ४ः१५ बजे सुरु हुनेछ। साफको फाइनल पुग्ने लक्ष्य लिएको नेपाल सुखद सुरुआतको योजनामा रहेको छ। नेपाल पहिलो खेलमै महत्वपूर्ण तीन अंक जोड्न चाहन्छ।

माल्दिभ्ससँगको खेल अघि प्रि-म्याच कन्फरेन्समा  नेपाली टोलीका कप्तान आयुष घलानले खेलका लागि धेरै मेहेनत गरेको बताए।  नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले तयारी राम्रो गरेको कारण प्रतियोगिताका लागि उत्कृष्ट टिम बनाएको बताए

 माल्दिभ्सका प्रशिक्षक अहमद साकिरले नेपाली टोलीको खेल कस्तो छ भनेर आफुलाई थाहा नभएको जनाए। च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ।

नेपालले माल्दिभ्सपछि श्रीलंकासँग बुधबार खेल्नेछ। त्यस्तै भारतसँग आगामी आइतबार र र अन्तिम खेल बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ। शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्नछन्।

प्रकाशित मिति: १८:१९ बजे, आइतबार, साउन ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्