पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु, १६ घाइते
लु१ख ५९५२ नम्बरको बस पाल्पाको लघुवामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
काठमाडौं, साउन ८ : पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।
गुल्मीबाट बुटवल आइरहेको लु१ख ५९५२ नम्बरको बस पाल्पाको पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लगुवामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
अपरान्ह साढे ४ बजेको समयमा दुर्घटना भएको बस सडकबाट करिब १ सय मिटर तल खसेको पाल्पा प्रहरीको भनाइ छ।
घाइतेहरूको तानसेन अस्पतालमा उपचार भइरहेको र मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए।
गाडीमा २२ जना सवार रहेकाे पाइएकाे प्रहरीकाे भनाइ छ।
प्रकाशित मिति: १७:५५ बजे, आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











