‘एसपिपी सम्झौता नगर्न प्रधानमन्त्रीलाई दबाब दिएका थियाैं’
काठमाडाैं, साउन ८ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एसपिपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्र लेख्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताएका छन्। आइतबार काठमाडौंमा...
काठमाडाैं, साउन ८ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एसपिपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्र लेख्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित विश्वको भूराजनीति तनाव र नेपालको स्थिति विषयक कार्यक्रममा नेपालले एसपिपी सम्झौता नगर्न आफूहरुले प्रधानमन्त्रीलाई दबाब दिएको र अहिले पनि एसपीपीमा सहभागी नहुने भनेर सरकारले गरेको निर्णयको पत्र अमेरिकालाई पत्र लेख्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताएका हुन्।
कम्युनिष्ट पार्टीकै नेता प्रधानमन्त्री भएका बेला नेपालमा एमसीसी भित्राइएको र कांग्रेसले त्यसलाई अघि बढाएको उनले बताए। आफूहरुले व्याख्यात्मक टिप्पणीबिना पारित गर्नु हुँदैन भनेर अडान लिएकै कारण नेपाल दुर्घटनाबाट बचेको उनको भनाइ छ।
त्यस्तै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले मुलुकको स्वाधीनताको रक्षाका लागि सबैभन्दा पहिले राजनीति सफा गर्नुपर्ने बताए। हरेक पार्टीहरुमा शुद्धीकरण चलाउनुपर्ने अहिलेको आवश्यकता रहेको उनको भनाइ छ।
श्रेष्ठले सरकार जोगाउन खोज्ला राष्ट्रियता नै खतरामा पर्ने संकेत देखापरेको र राजनीतिक स्वार्थलाई त्याग गर्नुपर्ने बताए।











