Kathmandu Press

थप ३४७ जनामा कोरोना संक्रमण पुष्टि, दुईजनाको मृत्यु

संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५६ पुगेको छ।
थप ३४७ जनामा कोरोना संक्रमण पुष्टि, दुईजनाको मृत्यु

काठमाडौं, साउन ८ : नेपालमा थप ३४७ जना कोरोना संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घण्टामा देशभर २ हजार ३६० वटा पिसिआर परीक्षण गर्दा ३०३ र १ हजार ५२८ जनामा एन्टिजेन परीक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ । योसँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५६ पुगेको छ। त्यस्तै आज ९५ जना संक्रमणमुक्त भएका छन्। हालसम्म निको हुनेको संख्या ९ लाख ६८ हजार ४८९ पुगेको छ।

देशभर सक्रिय संक्रमितको संख्या ३ हजार १७७ पुगेको मन्त्रालयले जनाएको छ। तीमध्ये तीन हजार ३५ जना होम आइसोलेसनमा र १४२ जना संस्थागत आइसोलेसन छन् ।

अस्पतालमा रहेकामध्ये २२ जना आईसीयूमा र दुई जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:२७ बजे, आइतबार, साउन ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्