श्रीलंकामा भाईले गरे आफ्नै दाजुलाई प्रधानमन्त्रीमा नियुक्त
एजेन्सी, मंसिर ५ : श्रीलंकाका राष्ट्रपति गोताभाया राजापाक्षेले आफ्नै दाजु पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका छन् ....

एजेन्सी, मंसिर ५ : श्रीलंकाका राष्ट्रपति गोताभाया राजापाक्षेले आफ्नै दाजु पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका छन् ।
प्रधानमत्री रनिल विक्रम सिंघेले राजिनामा दिएसंगै महिन्दा राजापाक्षे प्रधानमन्त्री नियुक्त भएका हुन् । उनी सन् २००५ देखि २०१५ सम्म श्रीलंकाको राष्ट्रपति बनेका थिए । गत शनिवार सम्पन्न राष्ट्रपतीय निर्वाचनमा गोताभाय राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
दुई दशक भन्दा लामो समय चलेको गृहयुद्ध अन्त्यका लागि राजापाक्षे दाजुभाईको भूमिका महत्वपूर्ण मानिन्छ ।
श्रीलंकामा आगामी जनवरीमा संसदीय निर्वाचन हुँदैछ । नवनियुक्त प्रधानमन्त्रीले संसदीय निर्वाचन नहुँदासम्म प्रधानमन्त्रीको रुपमा जिम्मेवारी सम्हाल्नेछन् ।












