Kathmandu Press

सल्लाघारी दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण

काठमाडाै., साउन ८ : प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले भक्तपुरको सल्लाघारीमा भएको दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद प्रेम सुवालले भक्तपुरको सल्लाघारीमा तीन जनाको...
सल्लाघारी दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण

काठमाडाै., साउन ८ : प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले भक्तपुरको सल्लाघारीमा भएको दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। 

सांसद प्रेम सुवालले भक्तपुरको सल्लाघारीमा तीन जनाको निधन र केही घाइते हुने गरी आज बस तथा स्कुटरमाथि रुख ढलेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए।

उनले उक्त दुर्घटनामा मृत्यु भएका परिवारलाई उचित राहत दिन र घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभयो । उहाँले यस्ता घटना अन्य क्षेत्रमा पनि हुनसक्ने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे।

उक्त दुर्घटनामा अन्य १२ जना घाइते भएको जनाइएको छ। अर्का सांसद महेश बस्नेतले भक्तपुरको सल्लाघारीमा भएको घटनाका घाइतेहरुको स्वास्थ्यलाभको कामना गरेका छन्। उनले पुराना बस हटाउन पनि अनुरोध गरे। 

प्रकाशित मिति: १५:०६ बजे, आइतबार, साउन ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्