Kathmandu Press

संसदले एसपिपीबारे सरकारलाई दिएको निर्देशन पालना नभएको भन्दै रावलकाे आपत्ति

काठमाडाैं, साउन ८ : नेकपा एमालेका सांसद भीम रावलले एसपिपीका सन्दर्भमा संसदले सरकारलाई दिएको निर्देशन पालना नगरेको भन्दै आपत्ति जनाएका छन्।प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले...
संसदले एसपिपीबारे सरकारलाई दिएको निर्देशन पालना नभएको भन्दै रावलकाे आपत्ति

काठमाडाैं, साउन ८ : नेकपा एमालेका सांसद भीम रावलले एसपिपीका सन्दर्भमा संसदले सरकारलाई दिएको निर्देशन पालना नगरेको भन्दै आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले एसपीपी कार्यान्वयन नगर्ने सरकारको निर्णय अमेरिकी सरकारलाई नपठाएको जानकारी सदनलाई गराउन निर्देशन दिएको ५ दिन पुग्दा पनि सरकारले कुनै जानकारी नगराएको भन्दै आपत्ति जनाएका हुन्।

एसपीपीबारे संसद र संसदीय समितिको निर्देशनलाई सरकारले सुनेपनि नसुनेझै गरेको उहाको भनाइ छ। उनले सदनको निर्देशन नमान्ने सरकार  देशमा छ कि अन्त कतै छ भन्दै प्रश्न गरे।

त्यस्तै उनले भारतले सेनाका लागि ल्याएको नयाँ योजना अग्निपथ योजनामा गोर्खा सैनिक भर्ती गर्न नहुने र सरकारले यस विषयमा गम्भीरता देखाउनुपर्ने बताए।

त्यस्तै विशेष समयमा कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले स्वास्थ्य बीमा कार्यक्रमको भुक्तानी नरोक्न र यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए।

त्यस्तै उहाले कारोना संक्रमतिको संख्या बढ्दै जाँदा यसको नियन्त्रणमा ध्यान दिनुपर्ने धारणा राखे।

प्रकाशित मिति: १४:५२ बजे, आइतबार, साउन ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्