Kathmandu Press

श्रीलंकामा राजापाक्षेको उदयसँगै चीनसँगको सम्वन्ध अव सुधार होला ?

श्रीलंकामा राजापाक्षे वंश फेरि सत्तामा फर्किएका छ। यसअघि चीनले श्रीलङ्कामा सुरू गरेका लगानीहरू पनि यसरी विवादमा मुछिएका थिए। राजापाक्षेको पुर्नउदयसँगै बेइजिङले फे....

श्रीलंकामा राजापाक्षेको उदयसँगै चीनसँगको सम्वन्ध अव सुधार होला ?

श्रीलंकामा राजापाक्षे वंश फेरि सत्तामा फर्किएका छ। यसअघि चीनले श्रीलङ्कामा सुरू गरेका लगानीहरू पनि यसरी विवादमा मुछिएका थिए। राजापाक्षेको पुर्नउदयसँगै बेइजिङले फेरि श्रीलङ्कामा गतिविधि बढाउने देखिएको विज्ञहरू बताउँछन्।

सोमबार गोटाबाया राजापाक्षेले राष्ट्रपतिको शपथ खाए। उनको दाजुले एक दशकसम्म राज गरेका थिए। भ्रष्टाचार र नातावादको आरोप लागेपछि उनी सन् २०१५ मा पदच्युत भएका थिए। प्रधानमन्त्री बन्ने सम्भावना बोकेका महिन्दाले चीनबाट ७ अर्ब अमेरिकी डलर कर्जा सुरक्षित गरेका छन्। योसँगै पूर्वाधारको मुख्य लगानीकर्ता जापान पछि परेको छ।

Hardik ivf

तर धेरै परियोजनाहरू सेतो हात्तीजस्तै भएका छन्। २१ करोडको एउटा विमानस्थलमा कुनै व्यावसायिक उडान छैन। सन् २०१६ मा सेनाले विमानस्थलबाट मृग, अर्ना र हात्ती खेदाउनु परेको थियो। चीनले एउटा ३५ हजार सिट क्षमताको क्रिकेट रंगशालामा पनि लगानी गरेको छ। त्यहाँ कहिलेकाँही खेल हुने गर्छ। कोलम्बोमा एउटा पर्फमेन्स आर्ट्स सेन्टर छ जहाँ यदाकदा कार्यक्रमहरू प्रदर्शन हुन्छ। चीनले एउटा पावर प्लान्टमा पनि लगानी गरेको छ। त्यसमा पनि समस्या छ।

केहि रकम बेइजिङको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआइ) अन्तर्गत लगानी गरिएको थियो। बिआरआइ चिनियाँ प्रभाव विस्तारको रणनीति भएकोमा पश्चिमी देशहरूको चिन्ता छ। दिएको कर्जा तिर्न नसकेपछि चीनले सम्पत्ति कब्जा गर्छ भन्ने उनीहरूको बुझाइ छ।

दक्षिणी श्रीलङ्काको हाम्बान्टोटा बन्दरगाह एउटा राम्रो उदाहरण हो। युरोप र एसियाबीच यो एउटा महत्त्वपूर्ण व्यापारिक मार्ग हो। डिसेम्बर २०१७ मा, बन्दरगाह बनाउने कर्जा तिर्न नसकेपछि, बन्दरगाह चीनलाई ९९ वर्षे लिजमा दिन श्रीलङ्का बाध्य भएको थियो। श्रीलङ्काले १.४ अर्ब अमेरिकी डलर कर्जा बुझाउन सकेको थिएन।

भ्रष्टाचारका दाबीहरू सन् २००९ मा तमिल पृथक्तावादीको हिंसक दमनमा राजापाक्षेहरूले नै नेतृत्व गरेका थिए। दमनमा ४० हजारको हत्या भएको थियो। चीनले अन्य क्षेत्रमा सहयोग गरेको थियो।

“मानवअधिकारका लागि आलोचित सत्तालाई चिनियाँहरूले अन्तर्राष्ट्रिय कुटनीतिक सुरक्षा र विकासका लागि लगानी पनि प्रस्ताव गरेका थिए,” पाइक्यासोथी साराभानामुत्तुले बताए। यसैबीच चीनले एउटा सम्भावित किल्ला भेटायो। सन् २०१४ मा दुई ओटा चिनियाँ सबमेरिन भारत नजिकै कोलम्बो पुगे। ३५० मिटर अग्लो लोटस टावरजस्तै धेरै भवन परियोजनाहरू भ्रष्टाचारको विवादमा फसेका छन्।

फूलको स्वरूपमा बनाइएको भवनको दुईमध्ये एक चिनियाँ कम्पनी एक करोड ८० लाख अमेरिकी डलर लिएर बेपत्ता भएको पूर्व राष्ट्रपटि मैत्रीपाला सिरिसेनाले बताए। दक्षिण एसियाकै अग्लो सञ्चार टावर अब चाँडै खुल्ने तयारीमा छ। कर्जा लिने ठाउँ नै नभएकाले चीनबाट लिनुपरेको राजापाक्षे परिवारले बताएका छन्। युरेसिया नामक थिङ्कट्याङ्कका सदस्य अखिल बेरीले यसमा केहि सच्चाइ भएको बताए।

प्रकाशित मिति: ०७:१४ बजे, बिहीबार, मंसिर ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्