एमालेले भन्याे- निर्वाचन मिति घोषणा गर्न किन ढिलाइ भइरहेकाे छ?
काठमाडौं, साउन ८ : प्रमुख प्रतिपक्षी दल एमालेले निर्वाचनको मिति घोषणा गर्न सरकारले ढिलाइ गरिरहेको भन्दै प्रश्न उठाएको छ।प्रतिनिधिसभाको आज (आइतबार) को बैठकमा....jpg)
काठमाडौं, साउन ८ : प्रमुख प्रतिपक्षी दल एमालेले निर्वाचनको मिति घोषणा गर्न सरकारले ढिलाइ गरिरहेको भन्दै प्रश्न उठाएको छ।
प्रतिनिधिसभाको आज (आइतबार) को बैठकमा सांसद लालबाबु पण्डितले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गर्न सरकारले किन ढिलाइ गरिरहेको भन्दै प्रश्न गरेका हुन् ।
उनले सत्ता गठबन्धन लामो समय टिकाउन चुनाव नगराउने मनशायले सरकारले निर्वाचनको मिति घोषणा नगरेको आरोपसमेत लगाए।
‘गठबन्धन सरकारले निर्वाचनको मिति घोषणा गर्न किन ढिलाइ गरिरहेको छ?’ उनले भने, ‘चुनाव नगराउने मनशायले गठबन्धन लामो समय टिकाउन त होइन, जनता जान्न चाहन्छन्।’
प्रकाशित मिति: १३:४७ बजे, आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











