Kathmandu Press

विशेषज्ञ परीक्षामा १४९ चिकित्सक अनुत्तीर्ण

काठमाडौं, साउन ८ : नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले शनिबार लिएको चिकित्सक विशेषज्ञहरुको नाम दर्ता परीक्षामा सहभागी ४७४ परीक्षार्थीमध्ये १४९ (३१.४ प्रतिशत) जना...
विशेषज्ञ परीक्षामा १४९ चिकित्सक अनुत्तीर्ण

काठमाडौं, साउन ८ : नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले शनिबार लिएको चिकित्सक विशेषज्ञहरुको नाम दर्ता परीक्षामा सहभागी ४७४ परीक्षार्थीमध्ये १४९ (३१.४ प्रतिशत) जना अनुत्तीर्ण भएका छन्।

काउन्सिलले लिएको यो २३औं विशेष परीक्षा हो। विभिन्न ४५ विषयमा स्नातकोत्तर गरेका ४७४ परीक्षार्थीमध्ये ३२५ (६८.६ प्रतिशत) चिकित्सक उत्तीर्ण अनुत्तीर्ण भएका छन्।

पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थान सूचना तथा सञ्चार प्रविधि केन्द्रमा भएको परीक्षा बिहान १० देखि १२ र दिउँसो २ देखि ४ बजेसम्म गरी दुई चरणमा सम्पन्न भएको थियो।

यसअघि माघ २१ र २२ गते लिएको विशषेज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ७७ प्रतिशत सहभागी उत्तीर्ण भएका थिए।

प्रकाशित मिति: १३:१९ बजे, आइतबार, साउन ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्