सुनकोशी चिया बगानमा काम गर्ने तीन किशाेरी एउटै रूखमा झुण्डिएकाे अवस्थामा मृत फेला
आइतबार बिहान उनीहरू पाठामारीको बेल्लेगाउँ नजिकैको सुनकोशी चिया बगानमा रहेको बयरको रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन।
काठमाडाैं, साउन ८ : झापाको कचनकवल गाउँपालिका–५ मा तीन जना किशाेरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।
आइतबार बिहान उनीहरू पाठामारीको बेल्लेगाउँ नजिकैको सुनकोशी चिया बगानमा रहेको बयरको रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन।
पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अन्जली र वीरवल गणेशकी १६ वर्षीया छोरी कल्पना झुण्डिएकाे अवस्थामा बिहान साढे ७ बजे फेला परेका हुन।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनीहरू तीनैजना किशोरीहरु चिया बगानका श्रमिक हुन। आफैंले काम गर्ने बगानमा उनीहरु झुन्डिएको अवस्थामा फेला परेका हुन्।
शनिबार धुम्न जान भनि हिडेका किशाेरीहरूले सामुहिक आत्म्हत्या गरेकाे हुनसक्ने प्रहरीले पूर्वानुमान गरेकाे छ।
प्रकाशित मिति: ११:५१ बजे, आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











