Kathmandu Press

भारतमा २४ धण्टामा काेराेना संक्रमणकाे कारण ६० जनाकाे मृत्यु

काठमाडाैं, साउन ८ : भारतमा कोराेना संक्रमणकाे कारण पछिल्लाे ४ घण्टामा ६० जनाकाे मृत्यु भएकाे छ। भारतमा अहिलेसम्म कोभिडबाट ५ लाख २५ हजार...
भारतमा २४ धण्टामा काेराेना संक्रमणकाे कारण ६० जनाकाे मृत्यु

काठमाडाैं, साउन ८ : भारतमा कोराेना संक्रमणकाे कारण पछिल्लाे ४ घण्टामा ६० जनाकाे मृत्यु भएकाे छ। भारतमा अहिलेसम्म कोभिडबाट ५ लाख २५ हजार ९३० जनाको मृत्यु भइसकेकाे छ।

त्यस्तै, पछिल्लो २४ घन्टामा २१ हजार ८८० संक्रमित थपिएका छन्। योसँगै भारतमा महामारी सुरु भएपछि कुल संक्रमितको संख्या ४ करोड ३८ लाख ४७ हजार ६५ पुगेको छ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार १ लाख ४९ हजार ४८२ जना कोभिडका सक्रिय संक्रमित छन्। कुल संक्रमितको शून्य दशमलब ३४ प्रतिशत सक्रिय संक्रमित छन्।

मन्त्रालयका अनुसार कोभिड निको दर ९८ दशमलब ४६ प्रतिशत छ।

प्रकाशित मिति: १०:५१ बजे, आइतबार, साउन ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्