Kathmandu Press

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, साउन ८ : नागरिकता सम्बन्धी विधेकय पारित भए पनि आज प्रतिनिधिसभाको बैठक बस्न लागेको छ।संघीय संसद् सचिवालयका अनुसार आज दिउसो १ बजे...
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, साउन ८ : नागरिकता सम्बन्धी विधेकय पारित भए पनि आज प्रतिनिधिसभाको बैठक बस्न लागेको छ।

संघीय संसद् सचिवालयका अनुसार आज दिउसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ। आजको बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गरिने भएको छ। विधेयकमाथि संसद्को शिक्षा तथा स्वास्थ्य समितिले प्रतिवेदन तयार गरेको छ।

त्यस्तै, कारागार विधेयक, २०७६ छलफलका लागि पेस हुने भएको छ। यस विधेयकलाई पारितका लागि प्रस्ताव गरिने कार्यसूची रहेको छ।

यो विधेयक २०७६ मंसिर २९ गते संसद्मा दर्ता भएको थियो। यो विधेयकमा खुला कारागारको अवधारणा र कैदीबन्दीलाई प्रजननको अधिकार लगायतका विषय समेटिएका छन्।

 

प्रकाशित मिति: ०७:५१ बजे, आइतबार, साउन ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्