Kathmandu Press

देशका विभिन्न भागमा मेघ गर्जनसहित वर्षा हुने

काठमाडौं, साउन ८ : मनसुनी वायुको प्रभावले आज पनि देशका विभिन्न भागमा मेघ गर्जनसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागका...
देशका विभिन्न भागमा मेघ गर्जनसहित वर्षा हुने

काठमाडौं, साउन ८ : मनसुनी वायुको प्रभावले आज पनि देशका विभिन्न भागमा मेघ गर्जनसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर रहेको छ। जसले गर्दा अहिले लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का केहि भूभागमा सामान्यदेखि पूर्ण बदली रही मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

प्रकाशित मिति: ०६:५५ बजे, आइतबार, साउन ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्