Kathmandu Press

बाबु बने विपिन कार्की, बधाईको ओइरो

काठमाडौं, मंसिर ४ : अभिनेता विपिन कार्कीलाई पुत्री लाभ भएको छ। पुत्री लाभ भएको खुशी विपिनले फेसबुकमार्फत आफ्ना आफन्त, साथीभाइ तथा फ्यानहरुसँग साटेका छ....

बाबु बने विपिन कार्की, बधाईको ओइरो

काठमाडौं, मंसिर ४ : अभिनेता विपिन कार्कीलाई पुत्री लाभ भएको छ। पुत्री लाभ भएको खुशी विपिनले फेसबुकमार्फत आफ्ना आफन्त, साथीभाइ तथा फ्यानहरुसँग साटेका छन्। 

विपिन पिता बनेको खबरसँगै सामाजिक सञ्जालमा उनलाई बधाई दिनेको ओइरो लागेको छ। विपिनले पाँच वर्षअघि रेश्मा कटवालसँग विवाह गरेका थिए। उनीहरुले पहिलो सन्तानका रुपमा पुत्री प्राप्त गरेका हुन्।

विपिन अभिनित चलचित्र ‘सेल्फी किङ’ आगामी माघ २४ मा प्रदर्शन हुँदैछ। यो फिल्मको पोष्टरमा देखाइएको विपिनको लुक्स हलिउड फिल्म ‘जोकर’ को मुख्य पात्र वाकिन फिनिक्ससँग मेल खाएको छ। जसका कारण यो फिल्मबारे बजारमा केही नकारात्मक टिप्पणी पनि भइरहेका छन्।
 

प्रकाशित मिति: १९:४३ बजे, बुधबार, मंसिर ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्